07 January 2008

क्याम्पसलाई एक्लै ५१ लाख

गुल्मी, मंसिर २३ - तुराङस्थित ज्ञानोदय माविलाई क्याम्पस बनाउन मजुवामा आयोजना गरिएको महायज्ञमा आइतबार एकै व्यक्तिले ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन् ।दाताहरूको भीड लागेकाले आइतबार दिउ“सो समापन हुनुपर्ने यज्ञ सा“झसम्म पनि टुंग्याउन सकिएको छैन ।पा“च वर्षघिसम्म उक्त विद्यालयका शिक्षक रहेका आ“पचौर गाविस निवासी ६० वषर्ीय टीकाराम अर्यालले सबैभन्दाबढी उक्त सहयोग गरेका हुन् । अहिले उनी काठमाडांै महानगरपालिका-१० बत्तीसपुतलीमा बस्दै आएका छन् । उनका छोरा १८ वर्षेखि फिनल्यान्डमा होटल व्यवसाय गर्छन् ।छोराहरूले पठाएको रकम गाउ“मा क्याम्पस बनाउन सहयोग गरेको उनले बताए ।करिब २ करोड उठाउने लक्ष्य राखे पनि आइतबार सा“झसम्ममा अर्ढाई करोडभन्दा बढी रकम उठिसकेको यज्ञ समितिका अध्यक्ष हर्रि्रसाद गौतमले बताए ।५० लाखभन्दा माथि दिनेको नामबाट क्याम्पस नामकरण गरिने पर्ूवघोषणा अनुसार समितिले टीकारामकै नामबाट क्याम्पसको नामकरण गर्ने जनाएको छ । अहिलेसम्म रूपाकोट गाविस निवासी अनन्तराम भण्डारीले ५ लाख बराबरको जग्गा दान गरेका थिए भने त्योभन्दा तल स्थानीय रामनाथ अर्यालले ३ लाख ११ हजार नगद प्रदान गरेका थिए । यज्ञ समापनका दिन आइतबार दाताहरूको भीड लागेको थियो । ५० हजारभन्दा माथि दिनेको नामसमेत यज्ञबाट पढेर सुनाउन नसकिएको गौतमले बताए ।यज्ञमा १००८ स्वामी विवेकानन्द र ज्ञानानन्दले प्रवचन दिएका थिए । यज्ञ आइतबार समापन भनिए पनि दाताको नाम बाचन गरेर नसकिएकाले सा“झसम्म चलिरहेको छ । राति अबेर भए पनि समापन गरिने उनले बताए ।क्याम्पस निर्माणपछि तुराङ, रूपाकोट, आ“पचौर, जुनिया, जुहाङ, हु“गा, जुभुङ, बलिथुमलगायत क्षेत्रका विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि टाढा धाउनुपर्ने छैन । अहिले यहा“का विद्यार्थी क्याम्पस अभावमा पाल्पा, बुटवल र काठमाडांै जान्छन् । उच्च मावि सदरमुकाम तम्घासबाट पा“च कोस टाढा छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतन बस्नेतले गाउ“का युवालाई अध्ययनका लागि टाढा पुग्नुपर्ने समस्यााबाट मुक्त गर्न यज्ञ आयोजना गरिएको बताए । विद्यालयमा १ हजार १ सय विद्यार्थी छन् ।Source : eKantipur

0 Comments:

Post a Comment

<< Home