28 January 2008

अत्यधिक जाँड खाँदा अमेरिकीसहित तीनको मृत्यु

काठमाडौँ, (महानगर)। राजधानीमा गएराति अत्यधिक मादक पदार्थ सेवन गर्दा एक अमेरिकी नागरिकसहित तीनजनाको बेहोस भई मृत्यु भएको छ।~!MORE!~ठमेल नरसिंहचोकस्थित डेलासोल रेष्टुरेन्टमा गएराति अत्यधिक मादक पदार्थ सेवन गर्दा एक अमेरिकी युवकको मृत्यु भएको छ सो रेष्टुरेन्टमा गएराति आयोजना गरिएको डि्रंक पाटीमा सहभागि २२ वषीय वाराही मनी नाम गरेका अमेरिकी युवक अत्यधिक मादक पदार्थ सेवन गर्दा बेहोस भएका थिए। बेहोस वाराहीलाई रेष्टुरेन्टका सुरक्षागार्ड विकासले उपचार्रार्थ वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै बिहान ४ः३५ बजे उनको मृत्यु भयो। प्रहरीले डि्रंक पार्टी ंचालन गर्ने ३ जना र रेष्टुरेन्टका कामदार ३ गरी ६ जनालाई पक्राउ गरी घटनाका वारे अनुसन्धान गरिरहेको जनाएको छ। त्यस्तै, महानगरपालिका-२९ बागबजारस्थित श्रेष्ठ टेलरिङ जाने गल्लीमा आज बिहान पौने ५ बजे एक युवक मृत अवस्थामा भेटिएका छन्। नाम, वतन नखुलेका अन्दाजी ३० वषर्ीय ती युवकले अत्यधिक मादक पदार्थ सेव गरी बेहोस अवस्थामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जाँड खाएर लडेका ती युवक बिहानको चिसोका कारण कठाग्रिएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ।त्यस्तै, रामेछाप दुरागाउँ गाविस-७ घर भई छाउनीमा डेरा बस्दै आएका एक युवकको आज बिहान डेरा कोठामा बेहोस भई मृत्यु भएको छ।२२ वषीय रोसन परियार डेरामा बेहोस भएपछि निजका साथीले उपचार्रार्थ अस्पतालतर्˚ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अत्यधिक मादक पदार्थ सेवन गरेको कारण परियारको मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

0 Comments:

Post a Comment

<< Home