सन्धि परिवर्तन गर्न भारत तयार
गोपाल खनाल नया“दिल्ली, वैशाख १८ - सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धि समयानुकूल परिवर्तन गर्न भारत तयार रहेको विदेश सचिव शिवशंकर मेननले जनाएका छन् । संविधानसभा परिणामबाट सबैभन्दा ठूलो दल भएलगत्तै माओवादी अध्यक्ष प्रचण्डले भारतस“ग 'नया“ परिस्थितिमा नया“ सम्बन्धका लागि नया“ सन्धि' को मुद्दा उठाएपछि यसमा बहस सुरु भएको हो । प्रचण्डको मागको तत्कालै केही भारतीय कम्युनिस्ट पार्टर्ीी विश्लेषकले अन्तक्रिर्या आयोजना गरी र्समर्थन गरेका थिए । 'सम्बन्धलाई नया“ र उच्च तहमा विकसित गर्न उनीहरूले सन्धिको प्रतिस्थापन वा परिवर्तनका बारेमा बोलेका छन्,' मेननले माओवादी नेताका धारणाप्रति मंगलबार संवाददाताहरूस“ग भने- 'त्यस उद्देश्यका लागि हामी नेपालस“ग काम गर्न खुसी हुनेछौं ।' सन्धिको खारेज वा पुनरावलोकनको मुद्दा नेताहरूबाट बारम्बार उठ्ने गरे पनि त्यसमा भएका असमान प्रावधानबारे भने कुनै राजनीतिक दलले पनि गृहकार्य गरेका छैनन् । अध्यक्ष प्रचण्डले सन्धिको खारेजीलाई प्राथमिकतामा राखे पनि विद्यमान असमान प्रावधानबारे प्रस्ट्याएका छैनन् । 'सन्धिमा विवादास्पद के छन् -' नेपालका लागि पर्ूवभारतीय राजदूत देव मुखर्जीले कान्तिपुरस“ग भने- 'मेरो दृष्टिकोणमा सन्धि असमान छैन । यदि छ भने पुनरावलोकन हुनर्ुपर्छ ।' उनले नेपालका राजनीतिक दल र माओवादीलाई सन्धिलाई व्यावहारिक रूपमा हर्ेन आग्रह समेत गरेका छन् । बाकि समाचार

