08 May 2008

ओलम्कि ज्योति सगरमाथामा, चीनद्वारा नेपाललाई धन्यवाद

चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको ओलम्पिक खेलको पूर्वसन्ध्यामा ओलम्पिक ज्योति विश्वको सर्वोच्च शिखरमा पुर्‍याउन सहयोग गरेकोमा चीनले नेपाललाई धन्यवाद दिएको छ। नेपाल सरकारलाई धन्यवाद दिँदै चिनियाँ प्रधानमन्त्रीले पठाउनुभएको पत्र बिहीबार नेपालका लागि चिनियाँ राजदूत जाङ जियालिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हस्तान्तरण गर्नुभएको छ। चिनिया प्रधानमन्त्रीले पत्रमार्फत यस कार्यले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ। प्रधानमन्त्री कोइरालाले चिनियाँ राजदूतमार्फत चीनका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई ओलम्पिक खेलको सफलताको कामना गर्दै पत्र पठाउनुभएको बालुवाटारस्रोतले बताएको छ।