06 August 2008

मेरो बिर्सन नसकिने यात्रा।

यो आज भन्दा लगभग १५ बर्ष भन्दा पहिलाको कुरा हो । म एक पटक मेरो आमा संग मेरो दिदीको घर जादै थिय। मेरो दिदीको घर कोलौदी हो। यो मेरो लागी पहिलो अवसर थियो । दिदीको घर जान पाउनु त्यों पनि आमा संग मेरो खुसिको सीमा थिएन । आमासंग कुरा गर्दै जादा उल्लेखोला सम्मको यात्रा थाहानै भएन। यो त मेरो आमा संग पहिलो यात्रा थियो । सारैनै खुशी थिए। उल्लिखोलाको पुल्लतरेर जादा बाटो केहि छोटो छ भन्नु भयो आमले अनि हामी उल्लिखोलाको पुल तरी पारि गयौ। पुलतरिसकेपछि केहिसमयसम्म कुलैकुल तेर्सई जानपर्दों रहेछ। पहिलो यात्रा भयकाले म बिल्कुल अन्जान थिए बाटाको लागी। आमाको पछि पछि पाइला चालेको थिय । आमा पनि धेरै बर्ष पछि दिदीको घर जादै हुनुहुदो रहेछ । हामीलाई पुग्नु थियो रिम्माको फाट्मा। कुलैकुल तेर्सई केहि बाटो हिडेपछि उकालो जानू थियो र हामी उकालो लागियो आमाले पनि कारणबश बाटो भुल्नु भयछ। उकालो बाटो अतिनै जटिल थियो । बर्षाको पानीको भल्ले गर्दा बाटोमाँ खाल्लटा र खुल्लटिहरु थिए। बाटो थिचोलेर हिडन अप्ठ्यरो थियो। यसरी हिड्दा हिड्दा हामी माथि डांडामाँ पुगिएछ। जो त्यहा पुग्नु ग़लत थियो। त्यहा पुगेपछि एक सुशिल महिलाले हामीलाई सोधिन कहा जादैहुनुहुन्छ भनेर, सायद हाम्रो दयनीय अनुहार देखेर उन्नले अड्कल काटेको हुनुपर्छ। आमाले बताउनु भयो रिम्मा जाने हो । उन्नले चिसो मई दिदै आमालाई बाटो देखाईदीन। हामीलाई पुन ओरालो तल् जानुपर्ने भयो, म रोई रहेको थिए। आमाले समय समयमाँ मलाई सम्झाउनु हुन्थियो नरो भनेर। मेरा खुट्टा दुखेका थिए त्यों अप्ठ्यारो बाटो हिड्दा । हामी फेरी अर्को तर्फबाट पहाड्को फेदिमा जरेउ। फेरी रिम्माको उकालो तर्फ लागियो। रिम्माको फाट काटेपछि फेरी तेर्पाय तेर्पाय बाटो थियो। कारणबश मेरो दाहिने खुट्टा मर्कियो मलाई अब हिडन झन गारो हुन थालेयो। म रून थाले आमालाई पनि चिंता बढेर गयो। आमाले नरो दिदीको घर गएपछि संचोहुन्छ भन्नुहुन्थियो। यता बाटो बिराउनु उता खुट्टा मर्किनु। तुरांग देखि कोलौदी सम्मको बाटो ६/७ घंटाको थियो तर हामी १३ / १४ घंटा पछि दिदीको घर पुगेका थिऔ।

मणि अर्याल- तुरांग - १

Labels:

0 Comments:

Post a Comment

<< Home