मोबाइल फोन बोक्ने सोख स्मोकिङ अर्थात् धूमपानभन्दा खराब
लन्डन। के तपार्इंलाई थाहा छ, मोबाइल फोन बोक्ने सोख स्मोकिङ अर्थात् धूमपानभन्दा खराब छ। यो कुरा भारतीय मूलका एक रिसर्चरले दाबी गरेका छन्। ब्रिटेनमा रिसर्चर डा. विनी खुरानाले आफ्नो रिसर्चको हवालाबाट बताएका छन् कि मोबाइल फोनबाट निस्कने रेडियसनले चुरोटको धूवाँभन्दा धेरै खतरा पैदा गर्न सक्छ। मोबाइल फोन मानिसका लागि जति जरुरी छ, त्यति नै खतरनाक पनि। मोबाइल फोनको प्रयोगबाट ब्रेन ट्युमर हुने सम्भावना बढी छ। अनुसन्धानकर्ता डा. खुरानाको रिपोर्ट लन्डनको द इन्डिपेन्डेन्ट पत्रिकामा प्रकाशित भएको छ। विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार धूमपानबाट एक वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुन्छ। खुरानाका अनुसार मोबाइल फोनको रेडियसनबाट योभन्दा धेरै मानिसको ज्यान जानेछ। १०० भन्दा बढी अनुसन्धानबाट यो निष्कर्ष निकालिएको बताइन्छ। हालसालै त मोबाइल फोन प्रयोग गर्दा हुने मृत्यु र नोक्सानीको बारेमा अन्दाज गरिएको छैन। तर, १० वर्षपछि यसको नतिजा भयावह हुनेछ। एक प्रमुख कैन्सर एक्सपर्टले बताएअनुसार जरुरी हुँदा मात्रै मोबाइल फोन प्रयोग गर्नु ठीक हुन्छ।


0 Comments:
Post a Comment
<< Home